Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार घट्यो सुनको भाउ

बिहीबार घट्यो सुनको भाउ

दैनिकी न्यूज

२७, जेठ २०७८
बिहीबार घट्यो सुनको भाउ
images

काठमाडौं । बिहीबार सुनको भाउ सामान्य घटेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ४०० र तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - १५:३५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology