Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली

दैनिकी न्यूज

२९, जेठ २०७८
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली
images

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते सदनमा विश्वासको मत गुमाएका थिए।

२००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी थिए ।

उनले प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी विजयी भएका हुन् । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् ।

वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १९:०६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology