Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आइतबार सुन तोलामा ६०० रुपैयाँले घट्यो

आइतबार सुन तोलामा ६०० रुपैयाँले घट्यो

दैनिकी न्यूज

३०, जेठ २०७८
आइतबार सुन तोलामा ६०० रुपैयाँले घट्यो
images

काठमाडौं । आइतवार सुनको भाउ घटेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही भाउमा किनबेच भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - ११:२७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology