Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यी ठाउँमा लगाइन्छ कोरोना खोप आज र भोलि काठमाडौं महानगरका ६०–६१ वर्ष उमेर समूहलाई

यी ठाउँमा लगाइन्छ कोरोना खोप आज र भोलि काठमाडौं महानगरका ६०–६१ वर्ष उमेर समूहलाई

दैनिकी न्यूज

३१, जेठ २०७८
यी ठाउँमा लगाइन्छ कोरोना खोप आज र भोलि काठमाडौं महानगरका ६०–६१ वर्ष उमेर समूहलाई
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध आज र भोलि खोप लगाउने भएको छ।

भेरोसेल खोपको पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको हो।

यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा आज र भोलि खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ।

वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ।

महानगरले आइतबार जारी गरेको सूचना अनुसार पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । पहिलो पटक भने सबै वडामा खोप लगाइएको थियो।

44.jpg

images
प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - ०७:४५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology