Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

३१, जेठ २०७८
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । सोमबार सुन र चाँदी दुबैको भाउ घटेको छ आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्ले दिन चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

images
प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - १५:२३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology