काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारले दिनहुँ नयाँ कीर्तिमानी राख्न थालेको छ । आइतबार मात्र सर्वाधिक रेकर्ड राखेको बजारले आज पनि त्यसलाई निरन्तरता दिएको छ । कोरोना संक्रमण जोखिमको न्यूनीकरण र नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण अन्य क्षेत्र ठप्प हुँदा सेयर बजारले भने दिनहुँजसो नयाँ कीर्तिमानी रचिरहेको छ । ३÷४ अर्बमा सिमित हुने कारोबार रकम बढेर २० अर्बको हाराहारीमा पुगेको छ ।
निषेधाज्ञाका कारण अन्यन्त्र लगानीको बाटो बन्द हुँदा अधिकांश नयाँ लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गरेका छन् । जसको कारण सेयर बजारमा दिनहुँ उछाल आइरह्हेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४२.७२ अंकले बढेर ३०२५.८३ बिन्दुमा पुगेको छ । यो बिन्दु बजार बन्द हुँदाको हालसम्मकै उच्च विन्दु हो ।
यसअघि हिजो आइतबार मात्रै नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । आज ३ हजारको बिन्दु पार गरी नेप्सेले नेपाली इतिहासमै नयन रेकर्ड राखेको हो वि । यता, सेन्सेटिभ परिसूचक १०.६० अंकले बढेर ५५०।०१ बिन्दुमा पुगेको छ ।
यस्तै आज बजारमा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार बढिको कारोबार भएको छ । आज २ सय २१ कम्पनीका ३ करोड ५० लाख २७ हजार कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार बजारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार नयाँ रेकर्ड बनाएको थियो । पछिल्लो समय कारोबार रकममा पनि उछाल आउन थालेको छ ।
आज ९४ कम्पनीको शेयर बढेको छ भने ८५ वटा कम्पनीको शेयर घटेको छ । आज १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ६२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख रुपैयाँको शेयर करोबार भएको छ । लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कूल १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ । आज होटल एण्ड पर्यटन समूहमा लगानीकर्ता आकर्षित भएका छन् ।
आइतबार ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।