Logo

बुधवार, श्रावण २७ गते २०८३

images

रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

दैनिकी न्यूज

२, आषाढ २०७८
रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन
images

काठमाडौं । लोकसेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन दिइएको हो ।

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले मातहतका कार्यालय प्रमुखहरूलाई कोरोना (कोभिड–१९) सङ्क्रमणको दर कम भएलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले रोकिएका परीक्षा छिटो सक्नका लागि दुई÷तीन सिफ्टमा पनि काम गर्नुपर्ने भएकाले आवश्यक सामग्री र जनशक्ति चुस्त दुरुस्त रूपमा राख्नका लागि निर्देशन दिए ।

कोभिडको अवस्थामा परीक्षा सञ्चालनसम्बन्धी मापदण्डअनुसार रोकिएका परीक्षा सञ्चालनको तयारी गर्न निर्देशन दिइएको हो । आयोगले यसअघि पनि मापदण्डअनुसार केही परीक्षा सञ्चालन गरेको थियो ।

आगामी परीक्षा सञ्चालन पनि मापदण्डअनुसार गर्ने सम्बन्धमा छलफल भएको हो । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कार्यालय प्रमुखहरूले परीक्षा गर्न सकिने अवस्था रहेको आयोगलाई जानकारी गराएको बताए ।

आवश्यक सामग्री, जनशक्तिलगायत सबै कुरा चुस्त दुरुस्त रहनुपर्ने सम्बन्धमा छलफल केन्द्रित रहेको पनि उहाँले जानकारी दिनुभयो । परीक्षा केन्द्र तोक्नका लागि ठाउँको अभाव हुनसक्ने भएको हुँदा त्यसका लागि विद्यालय र क्याम्पससँग समन्वय गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

वार्षिकोत्सवका अवसरमा आयोगले तीन जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । आयोगमा कार्यरत शाखा अधिकृत यमुना सापकोटा, कार्यालय सहयोगी सुकमान तामाङ र दिपायल कार्यालयका नायब सुब्बा मानबहादुर साउदलाई पुरस्कृत गरिएको हो । यसैगरी आयोगले सूचना प्रविधिमा काम गर्ने कम्प्युटर अपरेटर तीन जनालाई पनि सम्मानित गर्ने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७८ बुधवार - ०७:३७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology