काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ घटेर तोलामा १३ सय ४० कायम गरिएको महासंघले जनाएको छ ।