Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

दैनिकी न्यूज

४, आषाढ २०७८
खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त
images

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार खोप खरिदका लागि चीनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव गरेको छ ।

कोभिड–१९ अध्यादेशमा कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि भएगरेका काम कारबाहीसम्बन्धी सूचना सम्बन्धित निकायले नियमित रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले खोपको विषयमा अलिक संवेदनशील हुनुपर्छ । अन्य देशमा पनि खरिद प्रक्रियालगायतमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त लागू हुने गर्छ ।’

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीका अनुसार एनडिए भनेको खरिद प्रक्रियामा सर्त राख्नु हो । उनले भने, ‘कति मूल्यमा खरिद भयो भनेर गोप्य राखिन्छ रु खोपको मूल्य या त बढाएको छ या त घटाएको छ ? कि खोपको मूल्य घटेको हुन सक्छ कि त बढेको हुन सक्छ, खुलाइएको हुँदैन ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार खोपको मात्रा, मूल्य, प्रक्रियाबारे सञ्चारमाध्यममा आएका कुरा सत्य होइनन् । उनले भने, ‘चीनलगायतका देशबाट खोप ल्याउने विषयमा कुराकानी भइरहेको छ । पछिल्लो केही दिनयता खोपको मात्रा, मूल्य, प्रक्रियाबारे सञ्चार माध्यममा आएका कुरा सत्य होइनन् ।’

बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका थिए । हालसम्म ४२ लाख ४८ हजार कोरोनाविरुद्ध खोप नेपाल भित्रिएको थियो । जसमध्ये २४ लाख ४८ हजार कोभिसिल्ड र १८ लाख खोप नेपालले प्राप्त गरेको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - ०६:१०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology