Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भेरोसेलको दोस्रो मात्राको खोप असार २२ गतेदेखि दिइने

भेरोसेलको दोस्रो मात्राको खोप असार २२ गतेदेखि दिइने

दैनिकी न्यूज

११, आषाढ २०७८
भेरोसेलको दोस्रो मात्राको खोप असार २२ गतेदेखि दिइने
images

काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप दिने जानकारी गराएको छ ।

भेरोसेलको पहिलो मात्रा यही जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर दिइएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप पाएका थिए ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई दोस्रो मात्राको खोप दिइने बताए ।

सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गते लगाएको थियो।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - २१:०७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology