Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भोलीबाट सार्वजनिक सवारी चल्ने, पसल दिनभर खोल्न दिइने

भोलीबाट सार्वजनिक सवारी चल्ने, पसल दिनभर खोल्न दिइने

दैनिकी न्यूज

१४, आषाढ २०७८
भोलीबाट सार्वजनिक सवारी चल्ने, पसल दिनभर खोल्न दिइने
images

काठमाडौं । भोलीबाट सरकारले निषेधाज्ञा अझ खुकुलो गरेको छ । सार्वजनिक बसहरु सञ्चालन गर्न दिइने भएको छ । पसलहरु दिनभर खोल्न दिइने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञासम्बन्धी नयाँ आदेश जारी भएको हो । जस अनुसार २५ सिट क्षमताका सार्वजनिक यात्रुवाहक बस जोर बिजोर प्रणालीमा भोलिबाट सञ्चालनको अनुमती दिइएको छ ।

पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्ने अनुमति दिइएको छ । खाद्यान्नलगायत अत्यावश्यक सामाग्री विक्रीवितरण गर्ने पसलहरु भने साँझ ६ बजेसम्म खोल्न अनुमती दिइएको छ ।

सरकारले वैशाख १६ बाट निषेधाज्ञा जारी गरेकोमा असारको पहिलो हप्ताबाट खुकुलो गर्दै लगेको थियो । असार ८ बाट जोर बिजोरमा निजी सवारी सञ्चाइन गर्न दिइएको थियो । असार १५ बाट अझ खुकुलो पारेपनि निषेधाज्ञा भने अझै जारी छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १६:५६:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology