Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

दैनिकी न्यूज

१६, आषाढ २०७८
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
images

दमौली । पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ।

पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए।

‘पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडी नै फस्यो। त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ,’ उनले भने।

उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न सुरू गरिएको छ। रासस

images
प्रकाशित मिति :आषाढ १६, २०७८ बुधवार - ०८:४७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology