Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ ८०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार?

बिहीबार सुनको भाउ ८०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार?

दैनिकी न्यूज

१७, आषाढ २०७८
बिहीबार सुनको भाउ ८०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार?
images

काठमाडौं । साताको पाँचौं दिन आज सुनको भाउ बढेको छ। सुन आज ८ सयले बढेको हो।

आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो। बुधबार ६ सयले घटेको थियो ।

गत हप्ता आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो। बुधबार सुन ३ सयले घटेको सुन बिहीबार २ सयले घट्यो। शुक्रबार स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ३०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको भाउ पनि आज २० रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार ३१० मा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १२:०७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology