Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यी नौ जिल्लामा छन् बढी सङ्क्रमित

यी नौ जिल्लामा छन् बढी सङ्क्रमित

दैनिकी न्यूज

२४, आषाढ २०७८
यी नौ जिल्लामा छन् बढी सङ्क्रमित
images

काठमाडौं । नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, झापा, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

देशभर सक्रिय सङ्क्रमित २३ हजार ७५६ जना रहेका छन् । यसअघि कोरोना अत्यधिक वृद्धि हुँदा देशभर एक लाख १७ हजारसम्म सक्रिय सङ्क्रमित पुगेका थिए ।

बुधबार काठमाडौँमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना सङ्क्रमित थपिएका छन् । यस्तै देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १६१ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७८ बिहिवार - ०८:२७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology