Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ बढ्यो

बिहीबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

२४, आषाढ २०७८
बिहीबार सुनको भाउ बढ्यो
images

काठमाडौं । बिहीबार, सुनको भाउ बढेको छ भने चाँदीको भाउ केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकेको छ। यो अघिल्लो दिन अर्थात बुधबारको तुलनामा १०० रुपैयाँ बढी हो। बुधबार यस्तो सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन तेजावी सुनको भाउ १०० रुपैयाँ बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको छ।

यता चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँ घटेको छ। बुधबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :आषाढ २४, २०७८ बिहिवार - १२:४६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology