Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाको नयाँ औषधि पत्ता लाग्यो, डब्लुएचओले गर्‍यो सिफारिस

कोरोनाको नयाँ औषधि पत्ता लाग्यो, डब्लुएचओले गर्‍यो सिफारिस

दैनिकी न्यूज

२४, आषाढ २०७८
कोरोनाको नयाँ औषधि पत्ता लाग्यो, डब्लुएचओले गर्‍यो सिफारिस
images

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना बिरामीलाई उपचारमा प्रयोग गर्ने एक औषधि सिफारिस गरेको छ ।  ‘इन्टरलेउकिन–६’ औषधिलाई कोभिड १९ विरुद्धको उपचारको लागि प्रभावकारी भएको भन्दै प्रयोग गर्न सिफारिस गरेको हो। औषधि सिकिस्त बिरामीको उपचारका लागि प्रभावकारी मानिएको छ ।

विश्व स्वास्थ्य संगठनले १० हजार बिरामीमा २७ क्लिनिकल ट्रायल गरेको थियो । कोभिड १९ ले सिकिस्त तथा गम्भीर बिरामीमा रोग प्रतिरोधी क्षमतामा अवरोध पुर्‍याउँछ जुन बिरामीको स्वास्थ्यका लागि घातक हो । यो औषधिले त्यो अवरोध बन्द गर्न सहयोग गर्छ । संगठनका महानिर्देशक डा. टेड्रोस एडहनम गेब्रियससले यो औषधिले एकदम सिकिस्त तथा गम्भीर बिरामीका लागि एउटा आशाको रुपमा देखिएको बताए । उनले भने, ‘सबै देशमा पर्याप्त मात्रामा खोप पुग्न सकेको छैन । जसले गर्दा कोभिडका सिकिस्त बिरामी हुने सम्भावना बढ्छ । यस्ता देशहरुमा यो औषधिहरुको आवश्यकता छ ।’ 

यो औषधिको सबैको पहुँच तथा सर्वसूलभ बनाउनका लागि संगठनले उत्पादनकर्तालाई मूल्य घटाउन र गरिब देशहरुमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७८ बिहिवार - २३:४१:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology