काठमाडौं । साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १–० ले पराजित गरेको हो ।
माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे । यता, बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।
ब्राजिल पेरुलाई हराएर फाइनल पुगेको हो भने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको थियो।