Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरियाको रोजगारी तत्काल नखुल्ने

कोरियाको रोजगारी तत्काल नखुल्ने

दैनिकी न्यूज

२८, आषाढ २०७८
कोरियाको रोजगारी तत्काल नखुल्ने
images

काठमाडौं । नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य कोरियामा कोरोना संक्रमण बढ्दै गएपछि नेपालबाट जाने तयारीमा रहेका युवा अझै केही समय रोकिने भएका छन् । लामो समयदेखि रोएिको कोरियाको रोजगारीमा तत्कालै खुल्ने देखिएको पनि फेरि कोरोना संक्रमण बढेपछि तत्काल नेपाली जाने नदेखिएको हो ।

नेपाली श्रमिकलाई कोरिया प्रवेशमा सहजिकरणका लागि ईपीएस नेपाल र कोरियन पक्षले प्रयास गरिरहेको भएपनि तत्काल जाने सम्भावना नदेखिएको हो । तत्काल कोरिया जाने सम्भावना नदेखिएपछि ईपीएस अन्र्तगत कोरिया जाने श्रमिकका कोरोना बिमाको तयारी गरेको छ ।

ईपीएस अन्र्तगत कोरिया जान रोकिएका नेपाली युवालाई प्रवेश गराउने सम्बन्धमा मानव संशाधन बोर्ड कोरियाले अन्य सरकारी निकायसँग छलफल अघि बढाएको हो । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा काम गरिएका श्रम रोजगार मन्त्रालय, कानुन मन्त्रालय र एचआरडी कोरियाले विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा छलफल अघि बढाएका हुन् । नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गरेपनि एचआरडीले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको छ ।

कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालय अन्र्तगतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालय अन्र्तगतको अध्यागमन विभागले सहजिकरण गर्दै आइरहेका छन् । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम ऐजेन्सीसँग छलफल गरिरहेका छन् । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - ०७:४४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology