Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

२८, आषाढ २०७८
घट्यो सुनचाँदीको भाउ
images

काठमाडौं । साताको पहिलो दिन स्थिर रहेको सुनको भाउ दोस्रो दिन सोमबार ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो। 

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - १२:३२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology