काठमाडौं । नेपाली बजारमा सुनको भाउ २ सयले बढेको छ। मंगलबार सुन तोलामा २ सयले बढेर ९२ हजार ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको भाउ ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ।
यस्तै, चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।