Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

बुधबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

बुधबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

दैनिकी न्यूज

३०, आषाढ २०७८
बुधबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
images

काठमाडौं । बुधबार सुन भाउ सामान्य बढेको छ भने चाँदीको घटेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रूपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार चाँदीको भाउ पनि सामान्य घटेको छ। बुधबारको लागि महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ तोकेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - १२:५५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology