Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३०, आषाढ २०७८
आज देशभर २९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप २९ सय ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार ८१ सय ८ पीसीआर र ४९ सय १६ जनाको एन्टीजेन गरि १३ हजार २४ जनामा परिक्षण भएकोमा २९ सय ५ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १६ सय ६ जना निको भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६४८ रहेको छ । पिसिआर र एन्जीजेन परीक्षण गर्दा हालसम्म ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन् । हालसम्म ९४ सय ३० जना संक्रमितको मृत्यु भइसकेको छ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - २०:२३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology