Logo

बुधवार, श्रावण २७ गते २०८३

images

साउन ३ गते संसद अधिवेशन आह्वान

साउन ३ गते संसद अधिवेशन आह्वान

दैनिकी न्यूज

३१, आषाढ २०७८
साउन ३ गते संसद अधिवेशन आह्वान
images

काठमाडौं । सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७८ बिहिवार - २०:५०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology