Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

दैनिकी न्यूज

१, श्रावण २०७८
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने
images

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ ।

यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १६:२७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology