Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजदेखि ३ दिनसम्म जोन्सन एन्ड जोन्सन भ्याक्सिन लगाइने

आजदेखि ३ दिनसम्म जोन्सन एन्ड जोन्सन भ्याक्सिन लगाइने

दैनिकी न्यूज

४, श्रावण २०७८
आजदेखि ३ दिनसम्म जोन्सन एन्ड जोन्सन भ्याक्सिन लगाइने
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) खोप कार्यक्रम अन्तर्गत आजदेखि ४ दिनसम्म जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।

एक मात्रा मात्र लगाउन मिल्ने खोप काठमाडौं उपत्यकामा ४४ वटा खोप केन्द्रबाट लगाउन सकिने भएको हो । साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय सरकारले यस अघि नै गरेको थियो।

अमेरिकाबाट गत सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने छ।

यस्तै, मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्ग‍ता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने बताएको छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकाका खोप केन्द्रको स्थलगत निरीक्षण गर्ने भएका छन्।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - ०९:४०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology