Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

४, श्रावण २०७८
सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढेको छ । चाँदीको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ८०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ६०० र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत आइतबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १३:४७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology