Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

दैनिकी न्यूज

९, श्रावण २०७८
चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
images

चितवन । चितवनमा ९३ हजारभन्दा बढी मानिसले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक(फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । सुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी छ ।

त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिए । हालसम्म चितवनको जनसङ्ख्याको १३।५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको छ ।

जिल्लामा अनुमानित जनसङ्ख्या ६ लाख ९७ हजार छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताए । उनले भने, ुसमग्र देशको सात प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३।५ प्रतिशतलाई खोप लगाइएको छ ।ु

जिल्लामा खोप अभियान निरन्तर हुने भएको छ । यही साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जन्सनको खोप अभियान सञ्चालन हुन लागेको छ । यी दुवै अभियान सम्पन्न भएपछि ५० वर्षभन्दा कम उमेर समूहका लागि अभियान सञ्चालन हुने भएको हो ।

ुखोप अब नियमित हुन्छ, सबैले खोप पाउने अवस्था सिर्जना भएको छु, स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भने, ुआफ्नो समूहको पालो कुर्नुहोस्, धैर्य गर्नहोस्, सबैले खोप पाउनुहुन्छ ।ु राज्यले नै प्राथमिकता तोकेर खोप वितरण गरिरहेको भन्दै उनले आ(आफ्नो समूहमा खोप लगाउन सबैसँग आग्रह गरे ।

यसैबीच ४ साउनदेखि सञ्चालित खोप अभियानमा मौज्दात सकिएका कारण स्थगन भएर भेरोसेल खोपको पहिलो मात्रा बाँकी रहेकालाई ११ साउनदेखि १३ गतेसम्म खोप लगाइने भएको छ । प्रमुख तिवारीका अनुसार ५५ वर्ष र सोभन्दा बढी उमेर समूहका, विद्यालय र विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई यो खोप लगाइने छ ।

यस्तै १४ साउनदेखि जन्सनको खोप लगाउन सुरु गरिने तिवारीले जानकारी दिए । ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जन्सन खोप लगाइने उनले बताए । रासस

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - ११:५४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology