Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अब अनलाइनमा नाम दर्ता गर्नेलाई मात्रै कोरोना खोप

अब अनलाइनमा नाम दर्ता गर्नेलाई मात्रै कोरोना खोप

दैनिकी न्यूज

१०, श्रावण २०७८
अब अनलाइनमा नाम दर्ता गर्नेलाई मात्रै कोरोना खोप
images

काठमाडौं । अब अनलाइनमा नाम दर्ता गराउनेले मात्रै कोरोनाको खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो ।

काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्र अनुसार सो निर्णय भएको प्रमुख खड्काको भनाइ छ ।

त्यस उमेर समूहका नागरिकलाई नाम दर्ता गराउनसमेत उनले आग्रह गरेका छन् । यसअघि कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्नेका लागि छिट्टै सूचना गरेर खोप दिन सुरु गर्ने उनले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - ०८:४८:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology