काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ६ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४ सय ६८, ललिपुरका ८९ र भक्तपुरमा ६७ जनामा कोरोना पुष्टि भएको छ ।