काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ ।
उच्च अदालत पाटनले महरा विरुद्धको मुद्दाको मंगलबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो ।
न्यायाधीशद्वय विमल सुवेदी र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले माओवादी नेता महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।
सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने एक कर्मचारीलाई बलात्कार गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।