Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

पूर्वसभामुख महरालाई उच्च अदालतले दियो सफाइ

पूर्वसभामुख महरालाई उच्च अदालतले दियो सफाइ

दैनिकी न्यूज

१२, श्रावण २०७८
पूर्वसभामुख महरालाई उच्च अदालतले दियो सफाइ
images

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ ।

उच्च अदालत पाटनले महरा विरुद्धको मुद्दाको मंगलबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो ।

न्यायाधीशद्वय विमल सुवेदी र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले माओवादी नेता महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने एक कर्मचारीलाई बलात्कार गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - १६:१२:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology