काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका आफ्ना ३ सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।
उनीहरु अहिले लुम्बिनी सरकारका मन्त्री छन्। पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र पाण्डेय उद्योग वन तथा वातावरण मन्त्री छन्।
पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । तर सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेको थियो ।