काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई भोलि भेरोसेलको खोप लगाइने भएको छ । काठमाडौं महानगरपालिकाले पहिले मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको जनाएको छ ।
महानगरले आज एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्रअनुसार भोलि खोप कार्यक्रम सञ्चालन हुने बताएको हो । खोप लगाउन जाँदा नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्र साथमा राख्न महानगरले अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । महानगरले प्रत्येक वडामा खोप केन्द्र सञ्चालन हुने जनाएको छ ।