काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय १९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ५५६, ललितपुरका १८७ र भक्तपुरका ७६ जना छन्। त्यस्तै, अहिले उपत्यकामा ८ हजार ५०१ जना सक्रिय संक्रमित छन्।
काठमाडौंमा ५९ सय ३, ललितपुरमा १४ सय ७८ र भक्तपुरमा ११ सय २० जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा नेपालभर १४ हजार ६६१ जनाको नमूना परीक्षण गर्दा ३६११ जना संख्याका संक्रमित थपिएका हुन्।
त्यस्तै, यस अवधिमा थप २७ जनाको मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये निको हुनेको दर ९४।१ प्रतिशत छ।