Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

चैत महिना भित्र सबै नागरिकलाई खोप

चैत महिना भित्र सबै नागरिकलाई खोप

दैनिकी न्यूज

१५, श्रावण २०७८
चैत महिना भित्र सबै नागरिकलाई खोप
images

काठमाडौं । सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोना भाइरस ण्कोभिड–१९) विरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराएका हुन् ।

प्रवक्ता पौडेलले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको पनि जानकारी दिएका हुन् ।

कोभ्याक्स सुविधामार्फत चीनले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्तभित्र उपलब्ध हुने र भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै १२ वर्षमाथिका बालबालिकालाई फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार आड सय ५० डोज खोप प्राप्त भइसकेको छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - १९:००:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology