Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चैत महिना भित्र सबै नागरिकलाई खोप

चैत महिना भित्र सबै नागरिकलाई खोप

दैनिकी न्यूज

१५, श्रावण २०७८
चैत महिना भित्र सबै नागरिकलाई खोप
images

काठमाडौं । सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोना भाइरस ण्कोभिड–१९) विरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराएका हुन् ।

प्रवक्ता पौडेलले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको पनि जानकारी दिएका हुन् ।

कोभ्याक्स सुविधामार्फत चीनले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्तभित्र उपलब्ध हुने र भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै १२ वर्षमाथिका बालबालिकालाई फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार आड सय ५० डोज खोप प्राप्त भइसकेको छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - १९:००:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology