Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भोलीदेखि ललितपुर महानगरमा यी नागरिकलाई लगाइँदैछ जोन्सन एण्ड जोन्सन खोप

भोलीदेखि ललितपुर महानगरमा यी नागरिकलाई लगाइँदैछ जोन्सन एण्ड जोन्सन खोप

दैनिकी न्यूज

१७, श्रावण २०७८
भोलीदेखि ललितपुर महानगरमा यी नागरिकलाई लगाइँदैछ जोन्सन एण्ड जोन्सन खोप
images

ललितुर । भोली (सोमबार) देखि ललितपुर महानगरपालिकामा जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ ।

सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने जनाइएको छ ।

खोप लगाउनका लागि महानगरपालिकाले तीनवटा खोप केन्द्र तोकेको छ ।

पाटन माध्यमिक विद्यालय, जावलाखेल चोक र महेन्द्र आदर्श माध्यमिक विद्यालय सातदोबाटोमा गई खोप लगाउनु पर्नेछ ।

महानगरमा साउन १५ गतेदेखि आज १७ गतेसम्म ४५ वर्ष माथिका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइरहेको छ ।

भिडभाड हुने बढी क्षेत्रका नागरिकलाई भोलि साउन १८ गतेदेखि प्राथमिकताका आधारमा जोन्सन एण्ड जोन्सन खोप लगाउन लागिएको महानगरले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ११:३९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology