Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनको भाउ घट्यो

सोमबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

१८, श्रावण २०७८
सोमबार सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । आइतबार सुनको भाउ तोलामा पाँच सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ १२ सय ८५ मा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - ११:२०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology