Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले लगाइसके खोप

मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले लगाइसके खोप

दैनिकी न्यूज

२०, श्रावण २०७८
मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले लगाइसके खोप
images

काठमाडौं । मुस्ताङमा १८ वर्ष भन्दामाथिका सबै नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । यससँगै मुस्ताङ १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला बनेको थियो ।

स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार तीन सय नागरिकलाई खोप दिइएको छ । साथै, मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २१३ नागरिकलाई पनि खोप दिइएको छ ।

भण्डारीका अनुसार मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए । जसमध्ये १५ जनाको मृत्यु भएको थियो । अहिले २३ जना सक्रिय संक्रमित छन् ।

images
प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - १०:५६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology