Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

बुधबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

बुधबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

दैनिकी न्यूज

२०, श्रावण २०७८
बुधबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो
images

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज (बुधबार) तोलामा ३०० रुपैयाँले घटेको हो । मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । हिजो चाँदीको भाउ १२ सय ७५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२ सय ८५ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - ११:०७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology