Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

बुधबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

दैनिकी न्यूज

२०, श्रावण २०७८
बुधबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो
images

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज (बुधबार) तोलामा ३०० रुपैयाँले घटेको हो । मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । हिजो चाँदीको भाउ १२ सय ७५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२ सय ८५ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - ११:०७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology