Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जापानी खोपको पहिलो खेप शनिबार नेपाल आइपुग्ने

जापानी खोपको पहिलो खेप शनिबार नेपाल आइपुग्ने

दैनिकी न्यूज

२१, श्रावण २०७८
जापानी खोपको पहिलो खेप शनिबार नेपाल आइपुग्ने
images

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ।

आज बिहीबार र शुक्रबार जापानबाट ती खोप ढुवानी हुने जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ।

बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्राजेनिका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गरेका छन् ।

महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गरेका छन्।

 

images
प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - ०७:०५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology