Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ ह्वात्तै घट्यो

शुक्रबार सुनको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

२२, श्रावण २०७८
शुक्रबार सुनको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९१ हजार रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - १२:५८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology