Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मोटरसाइकल दुर्घटनाः ललितपुरमा एकजनाको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनाः ललितपुरमा एकजनाको मृत्यु, एक घाइते

दैनिकी न्यूज

२३, श्रावण २०७८
मोटरसाइकल दुर्घटनाः ललितपुरमा एकजनाको मृत्यु, एक घाइते
images

ललितपुर । बागमती गाउँपालिका वडा नं. ३ मास्खोलामा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

गम्भीर घाइते दुईजनामध्ये पाटन अस्पताल उपचारका क्रममा कलंकीका ४८ वर्षीय निरज खनालको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। घाइते भएका अर्का व्यक्ति धोबीघाटका ४७ वर्षीय निरञ्जनसिंह हमालको पाटनमै उपचार भइरहेको डीएसपी टेक बहादुर कार्कीले जानकारी दिए ।

उनीहरु बा ४५ प ४९०६ नम्बरको मोटरसाइकलमा कान्ति लोकपथको बाटो भएर हेटौंडा जाने क्रममा दुर्घटनामा परेका थिए । मोटरसाइकल सडकबाट २०० मिटर तल खसेको डीएसपी कार्कीले बताए ।

घाईतेलाई उपचारको लागि पाटन अस्पताल ल्याईएको छ । निरन्तरको वर्षाले सडक बिग्रेको कारण उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १३:३२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology