Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोभिशील्ड खोपको पहिलो मात्रा लगाएकालाई एस्ट्राजेनेका

कोभिशील्ड खोपको पहिलो मात्रा लगाएकालाई एस्ट्राजेनेका

दैनिकी न्यूज

२३, श्रावण २०७८
कोभिशील्ड खोपको पहिलो मात्रा लगाएकालाई एस्ट्राजेनेका
images

काठमाडौँ । जापान सरकारले दिएको एस्ट्राजेनेका खोप साउन २५ गतेदेखि कोभिशील्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशील्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका उपलब्ध गराउने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि भेरोसेल खोप लगाइएका केन्द्रबाटै एस्ट्राजेनेका खोप वितरण गरिनेछ ।

काठमाडौं महानगरपालिकामा विभिन्न १७ वटा केन्द्रबाट खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुढानीलकण्ठ नगरपालिकामा १३ केन्द्रबाट, टोखा नगरपालिकामा ११ केन्द्रबाट, चन्द्रागिरी नगरपालिकामा १५ केन्द्रबाट, कीर्तिपुर नगरपालिकामा १०, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, कागेश्वरी मनोहरा नगरपालिकामा ९ र गोकर्णेश्वर नगरपालिकामा ९ वटा केन्द्रबाट खोप वितरण गरिने बताइएको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १९:४४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology