Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजदेखि कोभिसिल्डको दोस्रो डोज खोप लगाईँदै

आजदेखि कोभिसिल्डको दोस्रो डोज खोप लगाईँदै

दैनिकी न्यूज

२५, श्रावण २०७८
आजदेखि कोभिसिल्डको दोस्रो डोज खोप लगाईँदै
images

काठमाडौं । आजदेखि कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाइँदै छ।

भूटान र जापानबाट ल्याइएको अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दिइने भएको हो।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ।

खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिइने जानकारी दिएको हो। यसका लागि स्वास्थ्य कार्यालयले काठमाडौंमा १४४ खोप केन्द्र तोकेको हो।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै अष्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयलको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालयले चेतावनी दिएको छ।

नेपालमा हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ। नेपालले ६० लाख खोप खरिद गरेको छ।

चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ। भारतबाट खरिद गरिएकोमध्ये १० लाख खोप आउन बाँकी छ ।

यसैगरी भारतबाट नेपाली सेनालाई एक लाखसहित अनुदानमा ११ लाख कोभिशिल्ड खोप प्राप्त भएको छ। चीनबाट पटक पटक गरेर २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ।

यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोन्सन एण्ड जोन्सन खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।

यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने सरकारको लक्ष्य छ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - ०७:०३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology