काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा ९ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं जिल्लामा ६ सय २४ जना, भक्तपुरमा १ सय ७० जना र ललितपुरमा १ सय ६५ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।