Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइयो कोरोना खोप

ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइयो कोरोना खोप

दैनिकी न्यूज

२६, श्रावण २०७८
ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइयो कोरोना खोप
images

बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले प्रस्तुत गरेको छ।

अहिले नगरपालिकाले जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप घरघरमा पुगेर लगाएको छ।

नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने, ‘म खुशी छु। नगरपालिकालाई धन्यवाद।’

उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो। सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए।

नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्।

नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो। नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ।

नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ। ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भनेर अभियान चलाइरहेका छौँ,’ उनले भने।

नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रास लगायतका वितरण गरेको छ। रासस

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १०:०९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology