Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

दैनिकी न्यूज

२६, श्रावण २०७८
मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
images

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढ्यो । लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा २०० रुपैयाँले उकालो लागेको हो। योसँगै आज प्रतितोला छापावाल ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार भने सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ११:५७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology