Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

दैनिकी न्यूज

२६, श्रावण २०७८
मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
images

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढ्यो । लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा २०० रुपैयाँले उकालो लागेको हो। योसँगै आज प्रतितोला छापावाल ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार भने सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ११:५७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology