Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

दैनिकी न्यूज

२७, श्रावण २०७८
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
images

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

उनले बुधवार प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन बस्नु अगावै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । उनी प्रदेश सभामा अल्पतमा परेका थिए ।

विपक्षी गठबन्धनमा ४१ जना सांसद छन् भने उनको पक्षमा एमालेका ३८ सांसद मात्र छन्। प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै उनले राजीनामा दिएका हुन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका बनाउने तयारी गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १६:१३:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology