Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनी प्रदेशमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखको आह्वान

लुम्बिनी प्रदेशमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखको आह्वान

दैनिकी न्यूज

२७, श्रावण २०७८
लुम्बिनी प्रदेशमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखको आह्वान
images

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको नेतृत्वका लागि दाबी गर्न समय दिएका छन् । मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा दाबी गर्नका लागि दलहरूलाई प्रदेश प्रमुख शेरचनले बुधबार आह्वान गरेका हुन् ।

प्रदेशको मुख्यमन्त्रीका लागि आह्वान गरिएको सम्बन्धमा प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गर्नुभएको छ ।‘

मुख्यमन्त्रीबाट पोखरेलले बुधबार राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाअघि बढाएका हुन् ।

नयाँ मुख्यमन्त्रीका लागि अहिलेको विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीले दावी गर्नेछन् । उनी नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हुन् । पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा केसीको नाम सिफारिस भएको छ ।

केसी पूर्वमन्त्री भइसकेका व्यक्ति हुन् । उनको पक्षमा अहिले ४१ सांसद देखिएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको साथ उनले पाएका छन् ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १७:५१:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology