Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

परीक्षा दिने विद्यार्थीले प्रवेश पत्र देखाए खोप लगाउन पाउने

परीक्षा दिने विद्यार्थीले प्रवेश पत्र देखाए खोप लगाउन पाउने

दैनिकी न्यूज

२७, श्रावण २०७८
परीक्षा दिने विद्यार्थीले प्रवेश पत्र देखाए खोप लगाउन पाउने
images

काठमाडौँ । परीक्षामा सहभागी हुने विद्यार्थीले प्रवेश पत्र देखाए कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन्। कोरोना महामारीका बीच परीक्षा सन्चालन भइरहेकोमा विरोध भइरहेका बेला सरकारले परीक्षार्थीलाई खोप लगाउने व्यवस्था गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीका लागि कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाएको छ। महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी विज्ञहरुले दिइरहेका बेला सरकारले कक्षा १२ को साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा स्थगित गरेको छ।

त्रिभुवन विश्वविधालयले भने स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु भने सन्चालन गरिरहेको छ। भदौ ५ गतेसम्मका लागि निर्धारित परीक्षाहरु नरोकिने त्रिविले जनाएको छ।

प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १७:५६:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology