Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२८, श्रावण २०७८
आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण २८ गते (बिहिबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण २9 गते (शुक्रबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण ३० गते (शनिबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले  पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०७:२०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology